गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ : वेदुराम भुसाल « Khabarhub

गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ : वेदुराम भुसाल


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्दै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे।

नेकपा (एमाले)सँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरूले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धिको रक्षा गरेको उल्लेख गरे । महासचिव डा भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्षसहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिह्नमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ४० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच