इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटीको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटीको जित


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ।

घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे। केभिन डि ब्रुयनाले अर्को गोल थपे। ब्राइटनका ट्रोसार्डले एक गोल गरे। खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे। ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे।

दुई गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन्।

ट्रोसार्डले गोल गर्दा खेलमा २-१ को स्थितिमा पुग्यो। ७५ औं मिनेटमा केभिन गोल गर्दै ३-१ को जित दिलाए। जितसंगै सिटी ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ५५ बजे

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः