प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता धनगढीमा | Khabarhub Khabarhub

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता धनगढीमा


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनद्वारा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न आज कैलालीको धनगढी पुगेका छन् ।

भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवाका साथै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता आएका छन् । अहिले गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पाँच दलीय गठबन्धनले धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : २१ बजे

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक