२५ लाखभन्दा बढी नाइजेरियालीलाई मानवीय सहायताको खाँचो : युनिसेफ | Khabarhub Khabarhub

२५ लाखभन्दा बढी नाइजेरियालीलाई मानवीय सहायताको खाँचो : युनिसेफ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ ।

प्रभावितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।

बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।

बाढीका कारण ६ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने २ लाखभन्दा बढी घरहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । युनिसेफका अनुसार झाडापखाला र पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र छालासम्बन्धी रोगका घटना बढ्दै गएका छन् ।

उत्तरपूर्वी राज्यहरू बोर्नो, अदामावा र योबेमा मात्र अक्टोबर १२ सम्ममा हैजाका सात हजार ४८५ विरामीहरू भेटिएका र ३१९ जनाको मृत्यु भएको थियो । केही हप्तासम्म वर्षा जारी रहने भएकाले मानवीय आवश्यकता पनि बढ्ने अनुमान गरिएको छ ।

नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि क्रिस्टियन मुन्डुएटले भने, “बाढी प्रभावित क्षेत्रका बालबालिका र किशोरकिशोरीहरू अत्यन्तै जोखिममा छन् ।”

उनीहरू विशेष गरी पानीबाट हुने रोग र भावनात्मक र मनोवैज्ञानिक सङ्कटको जोखिममा रहेको जनाइएको छ । युनिसेफले सरकार र अन्य साझेदारहरूसँग मिलेर अति आवश्यक परेकाहरूलाई जीवन रक्षक सहायता प्रदान गर्न काम गरिरहेको जनाएको छ । बाढीले देशमा पहिलेदेखि नै अनिश्चित मानवीय स्थितिमा जटिलताको अर्को तह थपिरहेको छ ।

बालबालिकाका लागि तत्काल प्राथमिकताका आवश्यकताहरूमा आश्रय र भोजनसहित स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता समावेश छन् ।

बढ्दो आवश्यकतालाई सम्बोधन गर्न र जारी मानवीय हस्तक्षेपलाई निरन्तरता दिन, अपाङ्गता भएका बालबालिकालगायत अति जोखिममा रहेका व्यक्तिहरूलाई ध्यान केन्द्रित गर्न थप कोष र स्रोतहरूको आवश्यकता पर्दछ ।

युनिसेफको चिल्ड्रेन क्लाइमेट रिस्क इन्डेक्स (सीसीआरआई) का अनुसार नाइजेरिया जलवायु परिवर्तनको प्रभावको ‘अति उच्च जोखिममा’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले ‘अति उच्च जोखिम’ भएका मुलुकका बालबालिकाले पानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षाजस्ता अपर्याप्त आवश्यक सेवाका कारण जलवायु र वातावरणीय समस्याका साथै उच्चस्तरको अन्तर्निहित बाल जोखिमको घातक संयोजनको सामना गर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : १२ बजे

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो