पोर्चुगलको जङ्गलमा आगो लगाउने ७२ जनामाथि कारवाही « Khabarhub

पोर्चुगलको जङ्गलमा आगो लगाउने ७२ जनामाथि कारवाही


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारवाही गरिएको छ । पोर्चुगिज सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारवाही गर्ने गरेको बताइएको छ ।

शनिबार त्यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार मुलुकमा सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारवाही गरिएकामा यसवर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले वृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।

जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई पोर्चुगलको सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यस वर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिविरुद्ध अनुसन्धान गरेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।

यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको वनजङ्गल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : १७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना