पालासँगै चिया खाने मट्काको माग बढ्दो « Khabarhub

पालासँगै चिया खाने मट्काको माग बढ्दो


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खजुरा- बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसकेका छन्। तिहारमा माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्न पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन्। 

कुमालले भने , ‘तिहारलाई आवश्यक पालाको माग पूरा गर्न दुई महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा २० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।’ आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाइ छ । पुर्खाको पेशालाई धान्दै कुमालले लामो समयदेखि व्यावसायिकरुपमा नै माटोका सामान बनाउँदै आएका छन् ।

उनले पालासँगै भुर्की, गल्लक, हात्ती घोडा, भुर्का जस्ता खेलौनासमेत बनाउँछन् । भाइटीकाको दिन भुर्की पुजनका बेला ती सामग्री बढी प्रयोग हुने गर्दछ ।उनी जस्तै नेपालगञ्ज-६ फुल्टेक्राका रामसेवक कुमाल पनि माटाको भाँडा बनाउन व्यस्त छन्। उनले पनि तिहारमा १२ हजार पाला बिक्री गरिसकेका छन । ‘अझै माग छ बनाइरहेको छु’, उनले  भने, ‘पालासँगै चिया खाने मट्काका पनि माग बढी भएकाले त्यो पनि बनाउँछु, अहिलेलाई पाला मात्रै बनाइरहेको छु ।’

नेपालगञ्जमा कुमाल पेशा गर्दै आएका परिवारको एक टोल छ । पछिल्लो समय प्लाष्टिकका सामान बजारमा आउँदा माटाका भाँडा बिक्री हुन छाडेपछि पेशा नै लोप हुने अवस्था पुगेको नेपालगञ्ज–६ का श्यामलाल कुमालको दुखेसो छ । उनले भने, ‘माटाका भाँडा तयार गर्दा मेहनत र समय बढी लाग्छ तर आधुनिकतासँगै यो सामग्री नै बिक्री नहुँदा हाम्रो पेशा लोप हुने देखिन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ४२ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ