१७३ जना सवार विमान फिलिपिन्समा दुर्घटनामा पर्यो, सबै यात्रु सुरक्षित « Khabarhub

१७३ जना सवार विमान फिलिपिन्समा दुर्घटनामा पर्यो, सबै यात्रु सुरक्षित


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १७३ जना सवार कोरियन एअर लाइन्सको विमान फिलिपिन्समा दुर्घटनामा परेको छ । फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एअर लाइन्सको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

दक्षिण कोरियाको सोलबाट सेबुको लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । यद्यपि दुर्घटनाका बावजुद विमानमा सवार सबै यात्रु सुरक्षित रहेको रोयटर्सले जनाएको छ ।

खराब मौसमका कारण विमानले विमानस्थलमा दुईपटक अवतरण गर्ने असफल प्रयास गरेको थियो । तेस्रो प्रयासमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गबाट विमान चिप्लिएको जनाइएको छ ।

दुर्घटनापश्चात विमानमा सवार यात्रुहरुलाई स्थानीय तीन वटा होटलमा सुुरक्षित साथ राखिएको छ । कोरियन एअर लाइन्सले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

दुर्घटनापछि सार्वजनिक गरिएको तस्वीर तथा भिडियोमा विमानमा क्षति पुगेको देख्न सकिन्छ । दुर्घटनापछि कोरियन एअरका अध्यक्ष किहोङ वुले एअर लाइन्सको वेबसाइटमार्फत् क्षमा मागेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप