साइबेरियामा रुसी सैनिक विमान दुर्घटना « Khabarhub

साइबेरियामा रुसी सैनिक विमान दुर्घटना


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

क्षेत्रीय गभर्नर इगोर कोभ्जेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको जानकारी अनुसार सहरको दुई तले भवनमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा विमानमा सवार दुबै जना पाइलटको मृत्यु भएको गभर्नर कोभ्जेभले जनाएका छन् । यद्यपि उक्त भवनमा रहेका कोही पनि दुर्घटनामा हताहत नभएको जनाइएको छ ।

रुसको आपतकालीन अवस्था मन्त्रालयले उक्त विमान प्रशिक्षण उडानमा रहेका बेला दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर तथा भिडियोहरुमा दुर्घटनालगत्तै घटनास्थलबाट धुवाँको कालो मुस्लो उडेको देख्न सकिन्छ । रुसको अनुसन्धान समितिले घटनाबारे आपराधिक अनुसन्धान थालिएको जनाएको छ ।

६ दिनमा रुसमा भएको यो दोस्रो सैनिक विमान दुर्घटना हो । यसअघि गत सोमबार युक्रेनी सीमानजिकै रुसको येयेस्क सहरमा सुखोई सु ३४ विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण