युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला « Khabarhub

युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका हुन् ।

यससँगै पछिल्ला दुई दिनमा त्यहाँ इबोलाका १४ जना बिरामी फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

युगान्डाको मध्य भागमा गत सेप्टेम्बरदेखि इबोलाका प्रकोप देखिएको छ । १६ लाख जनसङ्ख्या रहेको कम्पालामा यही महिनाको सुरुबाट इबोलाका बिरामी देखिन थालेका थिए ।

कसान्डा जिल्लाबाट आएका एक जना बिरामीबाट पहिलो पटक इबोला भाइरस कम्पाला प्रवेश गरेको जनाइएको छ । बिरामी भई कम्पालामा उपचारका लागि आएका ती बिरामीको पछि मृत्यु भएको थियो ।

आइतबार फेला परेका ९ जनामध्ये ७ जना मृतकका परिवारका सदस्य रहेको र उनीहरु कम्पालाको मसानाफू क्षेत्रका बासिन्दा रहेको युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एकेङले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

‘युगान्डेलीहरु, सतर्क रहौँ । यदी तपाईसँग वा तपाईँले चिनेका कसैसँग (रोगीको) सम्पर्क भएको छ भने जानकारी गराऔँ ।’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।

युगान्डाका स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्मानुएल ऐनिब्याउनाले कम्पालामा देखिएका सबै बिरामीहरु आइसोलेसनमा रहेको जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डामा इबोलाका ९० पुष्टि भएका वा संकास्पद बिरामीहरु देखा परेका छन् । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०६ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।