ब्राजिलमा राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि… « Khabarhub

ब्राजिलमा राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि…


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलमा एक जना राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेका छन् । ब्राजिलको रियो डे जेनेरियो सहरबाट उत्तरमा पर्ने लेभी गास्पारियान क्षेत्रमा दक्षिणपन्थी राजनीतिक नेता रोबेर्टो जेफर्सनले ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ । ग्रिनेड प्रहारबाट दुई जना प्रहरी घाइते भएका छन् ।

घरमा पक्राउ गर्न आएका प्रहरीमाथि उनले ग्रिनेड प्रहार गरेका हुन् । उनले ग्रिनेडसँगै राइफलबाट गोली पनि प्रहार गरेको जनाइएको छ । उनले प्रहार गरेको गोली लागेर प्रहरीको सवारीमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ ।

पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । यसअघि ब्राजिलको सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश कारमेन लुसियालाई धम्की दिएको र उनको बेइज्जत गरेको आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो ।

त्यसअघि नै उनी नजरबन्दमा रहेका थिए । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोले प्रहरीमाथि ग्रिनेड प्रहार गर्नेलाई पक्राउ गर्नुपर्ने जनाएका छन् ।

आगामी आइतबार हुन लागेको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदानअघि ब्राजिलमा राजनीतिक तनाव बढ्दै गएको बताइएको छ ।

उक्त निर्वाचनका लागि वामपन्थी पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र वर्तमान राष्ट्रपति जइर बोल्सोनारो उम्मेदवार छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : २१ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले