ब्राजिलमा राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि... | Khabarhub Khabarhub

ब्राजिलमा राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि…


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलमा एक जना राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेका छन् । ब्राजिलको रियो डे जेनेरियो सहरबाट उत्तरमा पर्ने लेभी गास्पारियान क्षेत्रमा दक्षिणपन्थी राजनीतिक नेता रोबेर्टो जेफर्सनले ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ । ग्रिनेड प्रहारबाट दुई जना प्रहरी घाइते भएका छन् ।

घरमा पक्राउ गर्न आएका प्रहरीमाथि उनले ग्रिनेड प्रहार गरेका हुन् । उनले ग्रिनेडसँगै राइफलबाट गोली पनि प्रहार गरेको जनाइएको छ । उनले प्रहार गरेको गोली लागेर प्रहरीको सवारीमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ ।

पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । यसअघि ब्राजिलको सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश कारमेन लुसियालाई धम्की दिएको र उनको बेइज्जत गरेको आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो ।

त्यसअघि नै उनी नजरबन्दमा रहेका थिए । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोले प्रहरीमाथि ग्रिनेड प्रहार गर्नेलाई पक्राउ गर्नुपर्ने जनाएका छन् ।

आगामी आइतबार हुन लागेको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदानअघि ब्राजिलमा राजनीतिक तनाव बढ्दै गएको बताइएको छ ।

उक्त निर्वाचनका लागि वामपन्थी पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र वर्तमान राष्ट्रपति जइर बोल्सोनारो उम्मेदवार छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : २१ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका