उत्तर र दक्षिण कोरियाली फौजबीच विवादित समुद्री सीमामा गोली हानाहान « Khabarhub

उत्तर र दक्षिण कोरियाली फौजबीच विवादित समुद्री सीमामा गोली हानाहान


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर र दक्षिण कोरियाली फौजबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई मुलुकबीच विवादमा रहेको पश्चिमी समुद्री क्षेत्रको सीमामा दुई मुलुकको सैनिकबीच गोली हानाहान भएको बेलायतको स्काई न्युजले उल्लेख गरेको छ ।

दुबै मुलुकले एक अर्काविरुद्ध सीमा क्षेत्रको अतिक्रमण गरेको आरोप लगाइरहेका बेला गोली हानाहानको घटना सार्वजनिक भएको हो ।

समुद्री सीमा उल्लङ्घन गर्ने उत्तर कोरियाली व्यापारिक पानीजहाजलाई लक्षित गरी चेतावनीस्वरुप गोली प्रहार गरिएको दक्षिण कोरियाली पक्षले दाबी गरेको छ । दक्षिण कोरियाली सेनाले सीमा उल्लङ्घनविरुद्ध ‘सामान्य कारवाही’ गरिएको जनाएको छ ।

‘हामी उत्तर कोरियालाई निरन्तर उत्तेजना बढाउने कार्य नगर्न र कोरियाली प्रायद्विप र अन्तर्राष्ट्रिय समुदायमा शान्ति एवम् स्थीरतामा हानी पु¥याउने गतिविधि बन्द गर्न फेरि पनि आग्रह गर्छौँ ।’ दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै स्काई न्युजले जनाएको छ ।

यता उत्तर कोरियाले पनि ‘दुश्मनको नौसैनिक गतिविधि पहिचान’ भएपछि तोपखाना प्रणालीबाट १० राउण्ड गोलाबारी गरेको जनाएको छ ।

‘हामीले दुश्मनको नौसैनिक युद्धपोतलाई मजबुत रुपमा निस्तेज पार्न प्रतिक्रियाको आदेश दियौँ ।’ उत्तर कोरियाली सेनालाई उद्धृत गर्दै उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ३६ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री