उत्तर र दक्षिण कोरियाली फौजबीच विवादित समुद्री सीमामा गोली हानाहान « Khabarhub

उत्तर र दक्षिण कोरियाली फौजबीच विवादित समुद्री सीमामा गोली हानाहान


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर र दक्षिण कोरियाली फौजबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई मुलुकबीच विवादमा रहेको पश्चिमी समुद्री क्षेत्रको सीमामा दुई मुलुकको सैनिकबीच गोली हानाहान भएको बेलायतको स्काई न्युजले उल्लेख गरेको छ ।

दुबै मुलुकले एक अर्काविरुद्ध सीमा क्षेत्रको अतिक्रमण गरेको आरोप लगाइरहेका बेला गोली हानाहानको घटना सार्वजनिक भएको हो ।

समुद्री सीमा उल्लङ्घन गर्ने उत्तर कोरियाली व्यापारिक पानीजहाजलाई लक्षित गरी चेतावनीस्वरुप गोली प्रहार गरिएको दक्षिण कोरियाली पक्षले दाबी गरेको छ । दक्षिण कोरियाली सेनाले सीमा उल्लङ्घनविरुद्ध ‘सामान्य कारवाही’ गरिएको जनाएको छ ।

‘हामी उत्तर कोरियालाई निरन्तर उत्तेजना बढाउने कार्य नगर्न र कोरियाली प्रायद्विप र अन्तर्राष्ट्रिय समुदायमा शान्ति एवम् स्थीरतामा हानी पु¥याउने गतिविधि बन्द गर्न फेरि पनि आग्रह गर्छौँ ।’ दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै स्काई न्युजले जनाएको छ ।

यता उत्तर कोरियाले पनि ‘दुश्मनको नौसैनिक गतिविधि पहिचान’ भएपछि तोपखाना प्रणालीबाट १० राउण्ड गोलाबारी गरेको जनाएको छ ।

‘हामीले दुश्मनको नौसैनिक युद्धपोतलाई मजबुत रुपमा निस्तेज पार्न प्रतिक्रियाको आदेश दियौँ ।’ उत्तर कोरियाली सेनालाई उद्धृत गर्दै उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ३६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण