केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए | Khabarhub Khabarhub

केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो ।

केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ । उनी चढेको गाडी प्रहरीले जाँच गरिरहेको स्थानमा नरोकिएपछि गोली प्रहार गरिएको केन्याको प्रहरीले जनाएको छ ।

आफूमाथि दुव्र्यवहार भएको भन्दै शरिफले गत अगष्ट महिनामा पाकिस्तान छाडेका थिए । केन्या जानुअघि उनी बेलायत र दुबईमा रहँदै आएका थिए ।

केन्यामा उनी के गरिरहेका थिए भन्ने अझै स्पष्ट नभएको जनाइएको छ । उनको हत्याको विरोधमा पाकिस्तानको कराँची सहरमा पत्रकारहरुले प्रदर्शन गरेका छन् ।

केन्या प्रहरीको अनुगमन गर्दै आएको इण्डिपेन्डेन्ट पोलिस ओभरसाइट अथोरिटीलेले ‘प्रहरीद्वारा पाकिस्तानी नागरिकको संदिग्ध हत्याको घटना’ बारे छानबिन गरिरहेको जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उनको हत्याबाट आफू दुःखी भएको जनाएका छन् । उनले केन्याका राष्ट्रपति विलियम रुटोसँग घटनाबारे निष्पक्ष छानबिन गर्न र द्रुत प्रक्रियाबाट उनको शव स्वदेश फर्काउन आग्रह समेत गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४३ बजे

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु

टोकियो- जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा