केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए « Khabarhub

केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो ।

केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ । उनी चढेको गाडी प्रहरीले जाँच गरिरहेको स्थानमा नरोकिएपछि गोली प्रहार गरिएको केन्याको प्रहरीले जनाएको छ ।

आफूमाथि दुव्र्यवहार भएको भन्दै शरिफले गत अगष्ट महिनामा पाकिस्तान छाडेका थिए । केन्या जानुअघि उनी बेलायत र दुबईमा रहँदै आएका थिए ।

केन्यामा उनी के गरिरहेका थिए भन्ने अझै स्पष्ट नभएको जनाइएको छ । उनको हत्याको विरोधमा पाकिस्तानको कराँची सहरमा पत्रकारहरुले प्रदर्शन गरेका छन् ।

केन्या प्रहरीको अनुगमन गर्दै आएको इण्डिपेन्डेन्ट पोलिस ओभरसाइट अथोरिटीलेले ‘प्रहरीद्वारा पाकिस्तानी नागरिकको संदिग्ध हत्याको घटना’ बारे छानबिन गरिरहेको जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उनको हत्याबाट आफू दुःखी भएको जनाएका छन् । उनले केन्याका राष्ट्रपति विलियम रुटोसँग घटनाबारे निष्पक्ष छानबिन गर्न र द्रुत प्रक्रियाबाट उनको शव स्वदेश फर्काउन आग्रह समेत गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४३ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।