चक्रवातको आंशिक प्रभाव : केही क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

चक्रवातको आंशिक प्रभाव : केही क्षेत्रमा वर्षाको सम्भावना


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन।

यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

राति पनि ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ। ती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : १२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर