गाईबाच्छा संरक्षणका लागि अक्षयकोष स्थापना « Khabarhub

गाईबाच्छा संरक्षणका लागि अक्षयकोष स्थापना


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गाई तिहारको अवसर पारेर असहाय गाईबाच्छा संरक्षण अभियानको स्थायित्वका लागि अक्षयकोष स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानले सडकमा छाडा छोडिएका दुई सय १७ गाई संरक्षण गरेर राखेको छ । गाई तिहारका अवसरमा आज बिहान गाई पूजा गर्न आयोजित कार्यक्रममा ३० जनाले अभियानको आजीवन सदस्यता लिएको अभियानका संयोजक उत्तम पुडासैनीले जानकारी दिए ।

अभियानले असहाय गाईबाच्छा संरक्षणमा सहयोग जुटाउन एक महिने अभियान सुरु गरेको जनाएको छ । यस क्रममा दुई सय जनालाई सदस्य बनाउने लक्ष्य राखिएको छ । आजीवन सदस्यको शुल्क पाँच हजार तोकिएको छ । आज ३० जना आजीवन सदस्यबाट एक लाख ५० हजार र देउसीभैलोबाट ७१ हजार चार सय ३३ सहयोग जुटेको छ । यसैगरी अक्षयकोषका लागि अरु सहयोगीबाट पनि सहयोग आउने क्रम चलिरहेको जनाइएको छ ।

अक्षय कोषमा कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी निवासी मुरारी फुँयालबाट एकलाख २५ हजार प्राप्त भएको छ । समाजसेवी दिपकसिंह भण्डारी र श्रीमती सगुन भण्डारीबाट आफ्ना स्व माता यज्ञकुमारी भण्डारी र स्व बुबा क्याप्टेन टुङ्नरसिंह भण्डारीको स्मृतिमा एक लाख एक हजार प्राप्त भएको पनि अभियानले जनाएको छ । व्यवसायी अच्युत बराल र सामाजिक अभियानकर्मी रामकृष्ण बरालबाट आफ्ना स्व पिता भूमिप्रसाद बराल र स्व आमा जोगमाया बरालको स्मृतिमा ५० हजार सहयोग जुटेको छ । 

अक्षयकोषका लागि बौद्ध निवासी महेश पुडासैनीबाट आफ्ना स्व पिता शिरसागर पुडासैनीको स्मृतिमा १५ हजार, डा लक्ष्मण अर्यालबाट १० हजार, आफ्नो स्व पिता पद्मबहादुर बोहोराको स्मृतिमा भूपेन्द्र बोहोराबाट १० हजार, विजय सुवेदीबाट १० हजार, गोपाल रिजालबाट १० हजार, बुबा पशुपति दाहालका लागि छोरा मधुसुदन दाहाल र छोरी विनिता दाहालबाट १० हजार, कालोपुल निवासी सामाजिक अभियानकर्मी सुशील कोइरालाबाट १० हजार र दीपक रिसालबाट १० हजार प्राप्त भएको अभियानले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ५६ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा