थ्रीडी प्रिन्टिङ प्रविधिबाट मंगल ग्रहको अनुभव लिन सकिने घर बन्दै « Khabarhub

थ्रीडी प्रिन्टिङ प्रविधिबाट मंगल ग्रहको अनुभव लिन सकिने घर बन्दै


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट मंगल ग्रहको अनुभव लिन सकिने घर तयार गरेको छ ।

टेरा नाम दिइएको यस प्रकारका केही घरहरु न्युयोर्कको हडसन नदी किनारमा निर्माण भइसकेको छ । यसलाई चाँडै पर्यटकहरुका लागि समेत खुला गरिनेछ । यसबाट हुने आम्दानी यस्तै अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ ।

यी घरको परीक्षण सफल भएमा यसलाई भविष्यमा मानव सभ्यताले मंगल ग्रहमा आफ्नो नियन्त्रण कायम गरेपछि यस्तै प्रविधिबाट त्यहाँपनि बस्तीका लागि आधार तयार गर्न सकिने दाबी गरिएको छ ।

यसको निर्माण गर्ने कम्पनी एआई स्पेस फ्याक्ट्री यसअघि पनि आफना आविस्कारका लिएर नासाबाट पुरस्कार विजयी भइसकेको छ ।

टेराको निर्माण बायोपोलिमर बेसाल्ट कम्पोजिट मेटेरियलबाट गरिएको छ । यो पदार्थको बनाउनमा उखु र भुषको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले यसलाई मार्सियन पोलिमर नाम दिएका छन् ।

थ्रीडी प्रिटिंगबाट बनेका यी पोड नासाको परीक्षणमा सामान्य कंक्रिट तथा स्टिलले बनेको घर भन्दा ५० प्रतिशत धेरै बलियो पाइएको छ । बेलनाकारको यी आवासमा अन्तरिक्ष यात्रीहरु तिब्र बेगका हावा तथा सौर्य रेडिएसनबाट पनि सुरक्षित रहन सक्छ ।

टेरामा वैज्ञानिकका लागि प्रयोगशाला दखि सुत्ने स्थान र ब्यायमशालाको समेत ब्यवस्था गरिएको छ । पानीको आवश्यकता पुरा गर्न यी भवनमा ५ हजार ५ सय लिटरको एक सिलिन्डर पनि राखिएको छ ।

ट्रम्प प्रशासनले नासालाई सन् २०३० सम्ममा मंगल ग्रहमा मानव अवतरण गराउने जिम्मेवारी दिएको छ । सन् २०१७ मेमा नासाका योजना प्रबन्धक ग्रेग विलियम्सले एजेन्सीको चार चरणको योजना विश्वसामु राखेका थिए ।

उक्त योजना अनुसार पहिलो र दास्रो चरणमा आवास बनाउने सम्भावनाको खोजी गर्नु हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण