टी–२० विश्वकप : अष्ट्रेलियाको पहिलो जित « Khabarhub

टी–२० विश्वकप : अष्ट्रेलियाको पहिलो जित


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एकरएक विकेट लिए ।

त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको थियो । सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ । श्रीलंकाले न्युजिल्यान्डसँग शनिबार खेल्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ३३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग