अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता « Khabarhub

अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच भेटवार्ता भएको छ । बेलायती संसद् भवनमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरू नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग केही माग रहेको स्मरण गरे ।

भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी थिए । अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तरव्यवस्थापिका सङ्घको १४५औँ सम्मेलनमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ०६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने