ओएएनएको १८औँ महासभा सम्पन्न | Khabarhub Khabarhub

ओएएनएको १८औँ महासभा सम्पन्न


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान -इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन ९ओएएनए० को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख छ ।

समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ । पाठक, दर्शक र स्रोताको सत्य सूचना पाउने अधिकारप्रति प्रतिबद्धता जनाउँदै ओएएनएमा आवद्ध मुलुकहरूले रिपोर्टमा पेशागत कर्तव्यलाई प्रभावित हुने गरी राजनीतिक विचार प्रवाह नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी समाचार समितिका जारी गतिविधिलाई अगाडि बढाउन ओएएनएमा आवद्ध मुलुकहरू मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समाचार समितिबीचको सहकार्यमा आउन सक्ने अप्ठ्यारालाई न्यूनीकरण गर्न सदस्य मुलुकले सहकार्य गर्ने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डलाई स्वीकार्दै विश्वका स्वतन्त्र देशका राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा चुनौती सिर्जना गर्ने अवस्थाको अपेक्षा नगरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकका संस्थाबाट भएका निर्णय कार्यान्वयन तथा लक्ष्य प्राप्तिको पुनःप्रतिबद्धता व्यक्त गरिनुका साथै त्यसका लागि व्यक्ति एवं भर्चुअल माध्यमबाट सम्पर्कमा रहने उल्लेख गरिएको छ ।

घोषणापत्रमा कोभिड–१९ले समाचार सङ्कलनमा सीमितता ल्याएको उल्लेख गर्दै सञ्चार माध्यमले पाठक, दर्शक र स्रोतको आवश्यकता परिपूर्ति गर्न समाचार संकलनमा नयाँ प्रविधि र रणनीति अपनाएको उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकहरुबीच नयाँ अवस्था र विकासका अनुभव आदानप्रदानलाई निरन्तर जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार

राष्ट्रिय एकता सुदृढ बनाउनेतर्फ पठनपाठन केन्द्रित हुन जरुरी : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा

बैंगलोर भागदौडमा ११ को मृत्यु : आरसीबीका अधिकारीसहित चारजना पक्राउ, आठ प्रहरी निलम्बित

नयाँदिल्ली- बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको भागदौडको घटनामा यो सिजनको इन्डियन