स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै पदस्थापन शुरु, महाशाखा र विभागका प्रमुख हेरफेर | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै पदस्थापन शुरु, महाशाखा र विभागका प्रमुख हेरफेर


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि सकसका रुपमा रहेको स्वास्थ्य सेवाका कर्मचारीकाे समायोजन प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई समायोजनको पत्रसँगै पदस्थापन भएको पत्र पनि दिन शुरु गरेको छ ।

स्वास्थ्य सेवाका कर्मचारीले तालुकदार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन र पदस्थापनको पत्र बुझ्न थालेका छन् । मन्त्रालयले अहिले स्वास्थ्य सेवाका ११ औं र १२ औं तहका कर्मचारीलाई समायोजन पत्र दिन शुरु गरेको हो ।

समायोजनसँगै कर्मचारीको पदस्थापन शुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागका कर्मचारीहरु हेरफेर भएका छन् ।  स्वास्थ्य मन्त्रालयले समायोजन पत्र वितरण शुरु गरेसँगै मन्त्रालय र विभागको कर्मचारीको जिम्मेवारी पनि परिवर्तन भएको छ ।

समायोजनमा स्वास्थ्य मन्त्रालयले मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । यस्तै विभागमा रहेका निमित्त महानिर्देशक डा. गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगरमा पदस्थापन गरेको छ ।

यस्तै, औषधि व्यवस्था विभागका महानिर्देशक नायारयण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिइएको छ भने विभागमा पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय तालिम केन्द्रमा मोहम्मद दाउदलाई निर्देशकको जिम्मेवारी दिइएको छ भने सार्क क्षयरोग केन्द्रमा डा रमेश खरेलले जिम्मेवारी पाएका छन् ।  विभागकै व्यवस्थापन महाशाखाको जिम्मेवारी भोगेन्द्रराज डोटेलले पाएका छन् भने नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा प्रदीप केसीलाई पदस्थापन गरिएको छ ।

यस्तै, परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ भने महाशाखामा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीलाई जिम्मेवारी दिइएको छ । यस्तै, केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

पदस्थापनको पत्र दिन थालिए  पनि मन्त्रालयका समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा दीपेन्दैरमण सिंह, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटा र आयुर्वेद तथा वैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको भने जिम्मेवारी यथावत रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : १४ बजे

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ

ठाकुर गैरेको तर्क- संसद् बहिष्कारले निकास दिँदैन, संवादमा बसौँ

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली