एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठ्ने « Khabarhub

एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठ्ने


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिसडोल व्यवस्थापन संघर्ष समितिले विभिन्न माग राख्दै फोहोर उठाउन रोकेपछि करिव एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आइतबारबाट उठ्ने भएको छ ।

संघर्ष समिति र काठमाडौं महानगरपालिकाबीचको वार्ता सकारात्मक भएसँगै फोहोर उठ्ने भएको हो । वार्ता टोलीले समस्या पहिचान गर्न र समाधानको उपायका  लागि १३ सदस्यीय टोली गठन गरी आवश्यक पहल गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीको विषय भएको भन्दै आगामी दिनमा अब समस्या ननम्तिने दाबी गरे ।

उनली विगतमा भएका केही सहमतिहरु कार्यान्वयनमा कठिनाइ भए पनि अहिले संघर्ष समितिसँगको वार्ता सकारात्मक भएको र  स्थानीयले सहमति जनाएकाे बताउँदै  उनीहरुको माग सम्बोधन गर्न महानगर प्रतिवद्ध रहेको जनाए ।

उनले भने, ‘सिस्डोलबासीको समस्या हाम्रो पनि समस्या हो, यसमा हामी गम्भीर छौं ।’

स्थानीयले आफूहरुका माग पूरा गर्न १५ दिने अल्टिमेटम दिएका छन् । आजबाट फोहोर उठाउन दिइने भने पनि १५ दिनभित्र आफूहरुका माग पूरा नभए कुनै पनि कुरा नसुन्ने सिसडोल वासीले अडान राखेका छन् ।

संघर्ष समितिका अध्यक्ष चक्रमान बलामीले भने, ‘ वार्ता सकारात्मक भयो, महानगरले हाम्रा माग पूरा गर्ने आश्वासन दिएको छ, १५ दिन भित्र हाम्रा माग पूरा नभए हामी पुनः आन्दोलना उत्रिनेछौं । त्यो नै हाम्रो अन्तिम र निर्णायक आन्दोलन हुनेछ ।’

केही दिन अघि संघर्ष समितिले काठमाडौंमा कार्यक्रम गरी गत विहीबारबाटै फोहोर उठाउने कार्य बन्द गरेको जानकारी दिएको थियो । समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न रोकेको र सधैंको लागि बन्द गर्ने समेत चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : ४७ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा