सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा « Khabarhub

सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निष्कासित गरिएको हो ।

उनीहरूलाई पार्टीको विधानको धारा ८१ ९१० बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । 

एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० ९६० बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ५ : ५९ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र