रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु « Khabarhub

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नंको जिप दुर्घटनाग्रस्त भएको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए। जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : १२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र