रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु « Khabarhub

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नंको जिप दुर्घटनाग्रस्त भएको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए। जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : १२ बजे

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३