रानीपोखरीको बालगोपालेश्वर मन्दिर बिहानैदेखी खुला  « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर मन्दिर बिहानैदेखी खुला 


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उनका अनुसार मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो  ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । 

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १० : ४६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु