झिनीयालाई आम्दानीको स्रोत बनाउँदै उद्यमी | Khabarhub Khabarhub

झिनीयालाई आम्दानीको स्रोत बनाउँदै उद्यमी


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताए । 

‘अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्’, उनले भने, ‘यसपालीको दसैँ तिहारमा हाम्रो समूहले सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।’  गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्छन् । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताए । 

‘झिनीया आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।’ बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौँ र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताए ।

उनले हाल ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गरेका छन् । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताए । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन  झिनियालाई आकारअनुसार रु १३० देखि २०० सम्ममा बिक्री हुन्छ । 

बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताए । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताए । 

हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  २ : ३४ बजे

बिक्री घटेपछि चल्ला उत्पादन बन्द

चितवन– नेपाल ह्याचरी उद्योग सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल