बालबालिकाले बालगृहमै लगाए भाइटीका « Khabarhub

बालबालिकाले बालगृहमै लगाए भाइटीका


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । 

बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । 

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । ‘दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्’, उनले भने, ‘बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।’

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् । यस वर्षको दसैँ भने उनीहरुले आफन्तसँग मनाएका थिए । “दसैँका बेला बालबालिकालाई आफन्तको घरमा लगेका थियौ, दसैँ उनीहरुले त्यहीँ मनाएँ”, घिमिरेले भने । 

विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ३ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै