भियतनाममा २ लाख ६० हजार जना डेंगु ज्वरोबाट सङ्क्रमित, १०२ जनाको मृत्यु | Khabarhub Khabarhub

भियतनाममा २ लाख ६० हजार जना डेंगु ज्वरोबाट सङ्क्रमित, १०२ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा डेंगुको ‘ठूलो प्रकोप’ उत्पन्न हुने सम्भावना रहेको पनि मन्त्रालयले चेतावनी दिएको छ ।

हो ची मिन्ह सहर अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रहेको छ । यस अवधीमा त्यस सहरमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा १२ जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी सङ्क्रमित देखिएका छन् ।

डेंगु ज्वरो बाहेक भियतनाममा हालै अन्य रोगहरूको पनि जटिल विकास पनि भएको पाइएको छ । उत्तरी बाक कान प्रान्तमा आठ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट पीडित भएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’