इराकमा नयाँ सरकार गठनको राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा स्वागत | Khabarhub Khabarhub

इराकमा नयाँ सरकार गठनको राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा स्वागत


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्वी मुलुक इराकमा नयाँ सरकार गठन भएकोमा त्यसको स्वागत गरेका छन् । हालै इराकको संसदले मोहम्मद शिया अल सुडानीको नेतृत्वमा नयाँ सरकारलाई अनुमोदन गरेको थियो ।

एक्काइस सदस्यीय नयाँ मन्त्रिपरिषदमा तीन जना महिला समेत परेका छन् । महासचिवले इराकी सरकारमा महिलाको प्रतिनिधित्वको पनि स्वागत गरेको उनका प्रवक्ताले जनाएका छन् ।

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको उनका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।

महासचिवले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ४४ बजे

अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता

वाशिङ्टन- अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

नवलपुर– मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन्

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन

बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४

एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक