प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट « Khabarhub

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन्। यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन्।

क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ। प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ। सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिक कम नकआउट पद्धतिमा प्रतियोगिता हुनेछ।

समूह ‘ए’मा एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश १ छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : २७ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६