ओलीले जनमतको अपमान गरे : घनश्याम भुसाल | Khabarhub Khabarhub

ओलीले जनमतको अपमान गरे : घनश्याम भुसाल


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले परित्याग गरी रुपन्देही – १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । ‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे’ भुसालले भने ।

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने भुसालको तर्क छ । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।

नेता भुसालले ओलीमा राणाहरुकोजस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैयौँ निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?’ उनले भने ।

त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए । कार्यक्रममा रुपन्देही– १ को प्रदेश सभा (१) का उम्मेदवार विश्वनाथ यादव र (२) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे ।

रुपन्देही १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ०० बजे

मुम्बई विमानस्थलमा १६ जिउँदो सर्पसहित एक यात्रु पक्राउ

नयाँदिल्ली– मुम्बईको भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएको एक विमान यात्रुलाई

वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख 

काठमाडौं– वीर अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अवस्था

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा

खोटाङ– खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको

निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने बोर्डको निर्णय 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट