सङ्कल्पपत्र यथार्थपरक रहेको कांग्रेसको दाबी « Khabarhub

सङ्कल्पपत्र यथार्थपरक रहेको कांग्रेसको दाबी


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको सङ्कल्पपत्र यथार्थपरक रहेको जनाएको छ ।

सङ्कल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताए ।

उनले यसअघिको घोषणापत्र कार्यान्वयनको अवस्थालाई अध्ययन गरी अहिलेको सङ्कल्पपत्र तयार गरिएको बताए । उनले अहिलेको सङ्कल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य ढंगले तयार गरिएको पनि दाबी गरे ।

परियारले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै आशंका नरहेको भन्दै अन्य दलहरुसंग मिलेर कांग्रेसले सरकार बनाउने तर्क गरे । गठबन्धन दलहरुसंग मिलेर साझा रुपमा सङ्कल्पपत्रमा रहेका बिषयहरुलाई अघि बढाईने उन भनाइ छ ।

त्यस्तै कांग्रेस नेता एवम् घोषणापत्र तयारी समितिका सदस्य डा स्वर्णिम वाग्लेले नीजि क्षेत्रको अध्ययन र अनुसन्धानलाई अध्ययन गर्दै मुलुकको आर्थिक बिकासलाई अघि बढाउने खाका तयार गरिएको दाबी गरे ।

सङ्कल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्याङ्क यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै उनले निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रमहरुलाई समेटिएको बताए ।

त्यस्तै अर्का कांग्रेस नेता एवम् समिति सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले सङ्कल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको जिकिर गरे ।

पत्रकार सम्मेलनमा विज्ञ गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा कांग्रेसको प्रस्ताव रहेको बताए

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २६ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा