पर्ख र हेरको मनस्थितिमा झापा र मोरङका ज्येष्ठ नागरिक मतदाता | Khabarhub Khabarhub

पर्ख र हेरको मनस्थितिमा झापा र मोरङका ज्येष्ठ नागरिक मतदाता


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ ।

निर्वाचनका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात एक गरिरहेका छन् ।

तर कतिपय ज्येष्ठ नागरिक मतदाता भने कसलाई मत खसाल्ने भन्नेबारे अझै खुल्न सकेका छैनन् । मोरङ र झापाका कतिपय ज्येष्ठ नागरिक मतदाता अझै पर्ख र हेरको मनस्थितिमा रहेका छन् । ज्येष्ठ नागरिक हर तरहबाट जाँच, परख र यकिन गरी काम गर्न सक्ने उम्मेदवारको पक्षमा मत खसाल्न इच्छुक देखिएका छन् ।

मोरङ विराटनगर–३ अरूण मार्ग बस्ने ७९ वर्षका ज्येष्ठ नागरिक मतदाता मातृकाप्रसाद लुइँटेलले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडेपनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको बताए । उनले यसअघि चुनाव हारेका उम्मेदवारले पनि जनताका बीचमा मुख देखाउन जरूरी नसम्झिएको बताए ।

विराटनगर–३ मानगढ बस्ने ७० वर्षीया विष्णुकुमारी पोखरेलले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्न सक्ने काममा मात्र मतदातालाई आश्वस्त पार्नुपर्ने बताइन् । उनले जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नु पर्ने बताइन् । यद्यपि पोखरेलले पनि मत कसलाई दिने भनेर अझै निक्र्यौल गरिनसकेको सुनाइन् ।

विराटनगरस्थित ज्येष्ठ नागरिक हातेमालो समाजका संस्थापक अध्यक्ष बताउने ८२ वर्षीय खेन्द्रबहादुर बस्नेतले नेताले जनताको मन जित्ने गरी कमै काम गरेको भन्दै आक्रोश पोखे । उनले मङ्सिर ४ गतेको निर्वाचनमा उत्साहका साथ भाग लिने भए पनि हालसम्म कसलाई मत खसाल्ने भनेर निर्णय गरिनसकेको बताए । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका उम्मेदवारको विचार बुझ्ने र जसको ठीक लाग्छ उसैलाई मत दिने बताए ।

बुढीगङ्गा गाउँपालिका–२ बस्ने ७१ वर्षीय माधवप्रसाद उपाध्याय काफ्लेले मतदानका लागि योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग अनिवार्यरूपले गर्नुपर्ने बताए । निर्वाचनलाई पनि दशैँ तिहार झैँ पर्वका रूपमा शान्तिपूर्वक मनाउनु पर्ने उनको भनाइ थियो । काफ्लेले प्रायः पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो घरमा मत माग्दै आए पनि कसलाई दिने भनेर अझै ठोस निर्णय गर्न बाँकी रहेको बताए ।

झापा जिल्लाको दमक–८ बस्ने ६७ वर्षीय व्यवसायी एवं ज्येष्ठ नागरिक कुलप्रसाद बाराकोटीले नेताका लागि सबै कुरा पुगेको तर जनताका लागि सबै कुरा पुग्न अझै बाँकी रहेको बताए । बाराकोटीले प्रतिनिधिसभा र प्रदेशसभामा जनताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने बताए ।

जनताको पक्षमा विकासको मूल फुटाउन सक्ने, सामाजिक सुरक्षा भत्ता वृद्धितर्फ ध्यान दिने, कानून व्यवस्थालाई कसिलो बनाउन पहल गर्ने, महिला सशक्तीकरणको पक्षमा काम गर्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समस्या बुलन्द रूपमा उठान गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने इच्छा देखाए पनि कुन उम्मेदवारलाई मत हाल्ने भन्ने बारेमा अहिले नै मुख खोल्न छिटो हुने अधिकांश ज्येष्ठ नागरिकको ठहर छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ५२ बजे

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

चीन – चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको

५५ वर्षीय ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीय

सुर्खेत गाडी दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा भएको गाडी दुर्घटना परेका

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली