जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा « Khabarhub

जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो । बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए ।

पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत् सेवासमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए । बिजुलीको तार लथालिङ्ग अवस्थामा थिए । जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भने, “निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौँ । ढिलै भए पनि प्राधिकरणको बत्ती बलेको उपभोक्ता खुसी छन् । क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ ।”

बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाइँदै आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ०२ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो