दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार १ मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मङ्सिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारका लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ ।

आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेशसभा क्षेत्र नं ‘ख’ का लागि तोकेको खर्चको सीमा रु २३ लाख रहेको छ । गुरुङलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : १९ बजे

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

मुस्ताङ– अग्ला-अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट

जुम्ला– उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्छ्यौट

ओली वृत्तको ‘डिक्टेटर्स डाइलेमा’

नेपालमा लोकतन्त्रले शासकहरूको मैमत्ता ‘करेक्सन’ गर्न सकिरहेको छैन । ओली

अक्षय कुमार र सैफ अली १६ वर्षपछि ‘हैवान’ फिल्ममा एकसाथ 

काठमाडौं – निर्देशक प्रियदर्शनले आफ्नो नयाँ बलिउड फिल्म  ‘हैवान’ को