पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध « Khabarhub

पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी सेनाले सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाले सेनाद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनाको यस कदमसँगै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई पश्तो भाषा बोलेको खण्डमा जरिवाना तिराइने समेत चेतावनी दिइएको छ ।

सेनाको यस कदमको पाकिस्तानका पत्रकार एवम् राजनीतिक अगुवाहरुले आलोचना गरेका छन् ।

पश्तुन तहफुज अभियानका प्रमुख मन्जुर पश्तीनले विज्ञप्ति प्रकाशित गर्दै सञ्चारमाध्यम, पाठ्यक्रम, न्याय र राजनीतिमा पश्तो भाषा यसअघि नै प्रतिबन्धित रहेको टिप्पणी गर्दै विद्यालयहरुमा पनि यस भाषाको प्रयोगलाई निरुत्साहित गरिएको बताए । यद्यपि आफ्नो मातृभाषामाथि कसैले प्रतिबन्ध लगाउन नसक्ने समेत उनले बताएको एएनआईले उल्लेख गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पेशावर सहरसहित नौशेरा, स्वात, मलाकन्द, बुनेर डेरा इस्माइल खाँलगायत क्षेत्रका बुद्धिजीवी, जातीय संगठनहरुले पाकिस्तानमा पश्तो भाषाको संरक्षण गर्न बेलाबेला विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको