सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत « Khabarhub

सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताएका छन् । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा जिल्लाका हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्न लागिपर्ने बताए ।

विगतमा सिन्धुपाल्चोकमा आफूले आपतविपद्का समयमा गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘आसन्न निर्वाचन नजिकिएसँगै हाल सिन्धुको माहोल गठबन्धनमय बनेको छ । विगतमा क्षेत्र नं २ मा निर्वाचित सांसदले गरेको कामभन्दा अहिले पनि पनि मैले धेरै र महत्वपूर्ण काम गरेको छु । निर्वाचित भएपश्चात सिन्धुको विकासका काममा तीव्रता दिनेछु ।’

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज माधव सापकोटाले देशमा आर्थिक समृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना