राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय | Khabarhub Khabarhub

राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले जित्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए ।

अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि।क।ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

गठबन्धनबाट उम्मेदवार बनेका पुष्पा भुसाल र प्रदेशसभा ख का उम्मेदवार कमल भुसाललाई हामीले पहिले नै समर्थन गरेका थियौं । नेता चौहानले भने तर प्रदेशसभा क मा हाम्रो दाबी थियो । हामीले कुनै लोभ प्रपञ्चमा परेर होइन, प्रतिगमन परास्त गर्नका लागि उम्मेदवारी निष्क्रिय पारेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे

गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी

एजेन्सी – सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष

बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा

अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा

जगदुल्ला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानुनको विपरीत नहुने