रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै « Khabarhub

रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको हो ।

स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को आयोजना र एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रको हुने गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए । सडक मर्मतका लागि सम्पूर्ण काम सकिएर अन्तिम वातावरणीय सार्वजनिक परीक्षण पनि गरिसकिएको र अब छिट्टै ठेक्का प्रक्रियामा लैजाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उक्त सडकखण्डमध्ये हाल सिसाघारी–सीमा–झुम्लाबाङ छ किलोमिटर सडक कालोपत्र हुने भएको हो । सडक कालोपत्रका लागि बजेट रु २१ करोड ६० लाख ४१ हजार ६ सय ९४ रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै सडकको चौडाइ पाँच दशमलव २५ मिटरको कालोपत्र हुने पनि उहाँले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ३७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार