संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रकाशशरण महत « Khabarhub

संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रकाशशरण महत


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज पूर्वी नवलपरासी आउनुभएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ’, उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ५९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार