त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवार (आज)देखि पूर्ववत् रूपमै सञ्चालनमा आएको छ ।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको अधिकारीहरुको भनाइ छ ।

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ। झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो।

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, “सोमवार बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म दैनिक अर्थात् २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउँदैछौँ।”

“तोकिएकै गुणस्तर र समयमै धावनमार्गको निर्माणको काम सकिएकाले विमान कम्पनीहरूलाई पुन: पहिलाकै समयतालिकाबमोजिम उडान सञ्चालन गर्न भनेका छौँ।”

तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो।

त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।

नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ०० बजे

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

ब्राण्डिङ भयो मुढा, फस्टायो व्यापार !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र