सत्ता गठबन्धनकाे रुपन्देही सङ्कल्पपत्र सार्वजनिक « Khabarhub

सत्ता गठबन्धनकाे रुपन्देही सङ्कल्पपत्र सार्वजनिक


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – निर्वाचन क्षेत्र नं ३ को पाँच दलीय गठबन्धनले सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘समुन्नत नेपाल, सम्पन्न नेपाली’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको सङ्कल्पपत्रमा भौतिक पूर्वाधारका साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, खेल, वातावरण विकासमा जोड दिइएको छ । सङ्कल्पपत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणको परिकल्पना गरिएको छ । यसका लागि यथाशीघ्र डिपिआर गरी निर्माणको थालनी गर्ने सङ्कल्पपत्रमा उल्लेख छ ।

तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा÷रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ । यस क्षेत्रमै विवादित रहेको मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गर्ने विषय सङ्कल्पपत्रले समेटेको छ । औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमूना औद्योगिक क्षेत्रका रूपमा विकास गरिने र त्यस क्षेत्रका बासिन्दाहरूको रोजगारीको सुनिश्चितता गरिने सङ्कल्पपत्रमा लेखिएको छ ।

६६ बुँदे सङ्कल्पपत्रमा बेलवास–बेथरी सडकको स्तरोन्नति, बेलहिया बुटवल खण्डमा रहेको छ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ । यस्तै ‘मर्चवारदेखि मुस्ताङसम्म’ भन्ने सडक निर्माणलाई विशेषरूपमा प्रारम्भ गर्ने वेथरी, मैनहिया, हर्नैया, दयानगर–छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्र बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्र गरिने लेखिएको छ ।

सङ्कल्पपत्रमा बुटवल–भैरहवा–सुनौली राजमार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिकाभित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णयहरू गर्ने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सञ्चालन थप गरिने सङ्कल्पपत्रले समेटेको छ ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तरवृद्धि गर्ने, यज्ञोदय दूधनाथ थारू बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

यस क्षेत्रलाई कलाकारिताको केन्द्र बनाउन सङ्गीत एकेडेमीको निर्माण, डण्डा खोलामा कोरिडोर निर्माण, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३८ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा