विश्व इतिहासमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट विमान दुर्घटनासम्म « Khabarhub

विश्व इतिहासमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट विमान दुर्घटनासम्म


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज ३१ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

सात अर्ब जनसंख्या
सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो। राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ।

इजिप्टको विमान दुर्घटना
सन् १९९९ मा आजकै दिन इजिप्ट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो। अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो।

क्याथोलिक चर्चको पश्चताप
सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालिन धर्म गुरु पोप जोन पल द्धितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चताप व्यक्त गरेका थिए। १७ औं शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए।

इन्दिरा गान्धीको हत्या
सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो। गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए। उनको हत्यापछि राजधानी लगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए ।

दक्षिण यमनमा संविधान
सन् १९७८ मा दक्षिणी यमनले आफ्नो संविधान लागू गरेको थियो। सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भएर अहिलेको यमन बनेको हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४९ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै