विश्वकप हेर्न इमेलमार्फत हय्या प्रवेश अनुमति   « Khabarhub

विश्वकप हेर्न इमेलमार्फत हय्या प्रवेश अनुमति  


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा आगामी २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप २०२२ को टिकट बुक गरेका अन्तर्राष्ट्रिय फ्यानहरूले इमेलमार्फत कतार प्रवेश अनुमति प्राप्त गर्न थालेका छन्।

कतारले मंगलबार अर्थात् नोभेम्बर १, २०२२ देखि हय्या अनुमतिका सबै धारकहरूको लागि कतार प्रवेश खुल्ला गरेको छ । एफो साइज अनुमतिमा नाम, राष्ट्रियता, हय्या कार्ड नम्बरबाट अन्तिम प्रविष्टि मितिको अतिरिक्त क्युआर कोडसहित प्रवेश गर्नेको फोटो समावेश गरिएको जनाएको छ।

चार भागमा फोल्ड गर्न मिल्ने, प्रवेश अनुमति कतारमा फ्यान अनुभवको आनन्द लिनको लागि डिजिटल गेटवे हो। अनुमतिमा उल्लेख गरिए अनुसार प्रवेश अनुमति एफो कागजमा पूर्ण राम्रो गुणस्तरको प्रिन्टआउटको रूपमा मान्य र स्क्यानिङ उद्देश्यका लागि आवश्यक रहेको जनाएको छ ।

विश्वकपलाई मध्यनजर गर्दै कतारले आगामी मंगलबारदेखि कतार प्रवेश गर्न सबैका लागि कोरोना परीक्षण रिपोर्ट नचाहिने र यहाँ आइसकेपछि पनि र्‍यापीड एन्टिजेन परीक्षण गर्न नपर्ने जनाएको छ ।

फिफा विश्वकपमा ६४ खेलहरू हुनेछ भने नोभेम्बर २० मा कतार र इक्वेडरबीचको पहिलो खेल हुनेछ । कतारको राष्ट्रिय दिवसको दिन डिसेम्बर १८ मा लुसेल स्टेडियममा विश्वकपको फाइनल खेल हुनेछ । आयोजकहरूले प्रतियोगिताको लागि विश्वभरबाट २० लाख बढी दर्शकहरूले कतार भ्रमण गर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : १० बजे

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग