पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो « Khabarhub

पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ। १७७ जनाको उद्धार भएको छ। आइतबार छठको समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो। ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो।

क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्धार गरिएको थियो। मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १८ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ