कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो « Khabarhub

कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताएका छन् । ‘दुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दर्शकका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरूले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ ।  उनीहरुलाई सजाय दिनुपर्छ’, ओकिटोले भनेका छन् । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो ।

यसै महिनाको सुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए भने हालै दक्षिण कोरियामा भएको भागदौडमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ३४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर