राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल « Khabarhub

राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

“जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ”, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने, “देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।”

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो । “देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिननपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, पौडेलले भने ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए । वरिष्ठ नेता पौडेल शुक्रबारदेखि घरदैलो अभियानमा व्यस्त छन् ।

पौडेलले शनिबार देवघाट गाउँपालिका–१ र २ को खाल्टे, बैदी, कोटा, आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी लगायतका ठाउँमा घरदैलो गरेका थिए । पौडेलको घरदैलो अभियान कात्तिक १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४६ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार