बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो « Khabarhub

बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेश सरकारले विद्युत् अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमबार पुनः नोभेम्बरदेखि कार्यालय समय परिवर्तन गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रीपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सात घण्टा चलाउँदै आइएका थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आठ कार्यालय समय तोकिएको छ ।

अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ ।

सर्वोच्च अदालत, बंगलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए ।

इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले विद्युत् बचत गर्न र ट्राफिक जाम कम गर्न गत अगष्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना