पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा प्रहरीको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा प्रहरीको मृत्यु


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा मोहम्मद अस्लम मारिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

उनी स्थानीय प्रभा प्रहरी चौकीमा कार्यरत रहेको र बेनजरी आय सहयोग कार्यक्रमको सुरक्षाका लागि जाने क्रममा उनको हत्या भएको जनाइएको छ । आक्रमणकारीले उनको साथमा रहेको बन्दुक पनि लुटेर लगेको डनले उल्लेख गरेको छ ।

आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजीकार्य तीव्र बनाएका छन् । उनको हत्याबारे प्रतिआतंकवाद विभागमा पनि उजुरी पेश गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

कर्तव्य पालनाका क्रममा मारिएका उनको प्रहरीले औपचारिक सम्मानका साथ अन्तिम संस्कार गरेको डनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ०६ बजे

सुनसरीको रिलायन्स स्पिनिङ मिल्स बन्द, एकसाथ ४ हजार बढीले गुमाए रोजगारी

काठमाडौं– लामो सयमदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल प्रिमियम विवादका

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

किमाथांका– मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम– भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ ।

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल