आचरणविपरीत काम गरेको आरोपमा सशस्त्रका दुई सई निलम्बनमा | Khabarhub Khabarhub

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्रका दुई सई निलम्बनमा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन्।

आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो।

सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याएर कार्यालय फर्कने क्रममा जिम्मेवारी सही ढंगले पूरा नगरेको आरोपछ। ४ कात्तिकमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए।

२० असोजमा भारतीय भूमिमा मृत फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको भन्दै मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ०१ बजे

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

चीन – चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको

५५ वर्षीय ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीय

सुर्खेत गाडी दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा भएको गाडी दुर्घटना परेका

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली