शाहिद कपूरका यी ७ फिल्म, जुन रिलिज नै हुन पाएनन् « Khabarhub

शाहिद कपूरका यी ७ फिल्म, जुन रिलिज नै हुन पाएनन्


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ लाई दर्शकले खुबै मन पराइरहेका छन् । फिल्मले अहिलेसम्म १६७ करोड कलेक्सन गरिसकेको छ । फिल्मको कहानी र अभिनयलाई लिएर खुबै तारिफ भएको छ । शाहिदको करिअरको कुरा गर्ने हो भने उनले १६ वर्ष पहिले बलिउडमा पाइला चालेका थिए ।

बलिउडमा पनि कतिपटक यस्तो हुन्छ, जुन फिल्म बन्ने भनेर कलाकारसँग साइन पनि हुन्छ तर फिल्म रिलिज नै हुँदैनन् ।

शाहिद कपूरसँग पनि यस्तै भएको थियो । शाहिद कपूरका यस्ता ७ फिल्म रिलिज नै हुन पाएनन् ।

सन् २०१० मा साबिर खानले हीर रांझा नामक फिल्म बनाउने भनेर दीपिका पादुकोण र शाहिद कपूरलाई लिएका थिए । तर यो फिल्म बनेन ।

यस्तै यहाँ के हम सिकन्दर नामक फिल्म पनि बन्ने भनिएको थियो । यो फिल्ममा शाहिद कपूरसँगै जोन अब्राहमले पनि अभिनय गर्ने भनिएको थियो । फिल्मलाई अहमद खानले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म पनि डब्बा बन्यो ।

यस्तै एके भीएस डीएस, कहीँ तो मिलेगी, चारुलता लगायतका फिल्म निर्माण गर्ने भनिएको थियो । तर, यी कुनै पनि फिल्म बनेनन् । बीचमा शाहिदले प्रियदर्शनसँग एक कमेडी जनराको फिल्ममा काम गर्ने भनिएको थियो । पछि त्यो फिल्म निर्माणको पनि चर्चा सेलायो ।

यति मात्र होइन, निर्देशक सुनील दर्शकले सन् २००४ मा एक फिल्म बनाउनेबारे सोचेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहने भनिएको थियो । तर, यो फिल्म हलसम्म आएन ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ०० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी