विश्वकप क्रिकेट : श्रीलंका र वेष्टइन्डिज भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : श्रीलंका र वेष्टइन्डिज भिड्दै


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) क्यारेबियन टोली वेष्ट इन्डिज र एसियाली टोली श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।

दी रिभरसाइड दुर्हाम क्रिकेट मैदानमा हुने खेलमा श्रीलंका आफ्नो नकआउट चरणको यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । यस्तै, क्यारेबियन टोली भने विश्वकमा आफ्नो सुखद् अन्त्यको खोजिमा रहने छ ।

श्रीलंकाका लागि नकआउट चरणको झिनो सम्भावना कायमै छ । जसमा ७ खेलबाट ६ अंक बनाएको श्रीलंकाले अबका दुईवटै खेलमा लगातार जीत निकाल्दै राम्रो रन रेटका आधारमा शीर्ष चौथोमा त पुर्नु पर्छ नै त्यति गर्दा पनि समान ८ खेलबाट १० र ९ अंक जोडेका क्रमश : इंग्ल्याण्ड र पाकिस्तानले विश्वकपमा आफ्नो अन्तिम खेलमा हार व्येहोरेको खण्डमा मात्रै श्रीलंका नकआउट चरणमा पुग्नेछ ।

आजको खेलमा श्रीलंका नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ । श्रीलंकाको पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने १ खेलमा जीत २ खेल बर्षाले प्रभावीत र १ खेलमा हार व्येहोरेको छ ।

यस्तै, वेष्ट इन्डिजको पछिल्लो ५ एकदिवसीय खेलमा ४ खेलमा हार र एक खेल वर्षाका कारण प्रभावीत भएको छ । आजको खेलमा वेष्ट इन्डिज श्रीलंकालाई रोक्दै आफुलाई अंक तालिकामा सुधार गर्ने योजनामा रहेको छ ।

यद्यपी वेष्ट इन्डिज जारी विश्वकपबाट बाहिरि सकेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको इन्डिज टोलीले ७ खेलबाट मात्रै ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ५५ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि